निगमको एउटा जहाज कवाडीमा बेचिदै, सिंगापुरमा थन्किएको बोइङ काठमाडौं ल्याइदै

  २०७३ कार्तिक ११ गते १३:००     विकासन्युज

काठमाडौं ११, कात्तिक । नेपाल वायुसेवा निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेचिने भएको छ । निगमले कवाडीमा बेच्न ठिक्क पारेको यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम भइरहेको बताएको छ । निगमको सिंगापुरमा थन्किएको यो जहाज मूल्यांकनको लागि आजै काठमाडौं आउने भएको छ ।

निगमका एक इन्जिनियरले दिएको जानकारी अनुसार २ दिनका लागि भनेर गएका इन्जिनियर अच्चुतराज पहाडीसहितको १ं०/१२ जनाको टीम काठमाडौं तीन दिनसम्मै उतै बसेका छन् । निगम स्रोतका अनुसार सो टोली जहाज लिएरै आजै काठमाडौं आइपुग्ने छन् । केही गरी आज कुनै प्राविधिक कारणले नभ्याए भोली शुक्रबारसम्म त जसरी भएपनि आइपुग्ने जानकारी निगम स्रोतले दियो । boeing-757-nepal-airlines

निगम स्रोतका अनुसार सिंगापुरमा थन्किएको यो जहाजका लागि ४/५ जना कर्मचारी भने आउने र जाने गरिरहेका छन् । थन्किएको जहाज भएपनि भत्ता लिँदै आउने जाने गरेको आरोप निगमकै एक कर्मचारीको छ । अहिले पनि २/३ जना कर्मचारी गए पुग्ने ठाउँमा दर्जन कर्मचारी पुग्नु भनेको काम भन्दापनि घुमघाम र भत्ताको लोभ भएको पनि उल्लेख छ ।

वायुसेवा निगमले विक्रीमा राखेको यो बोइङलाई काठमाडौंमा नै ल्याउने र यही राखेर मूल्यांकन गर्ने जानकारी निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले पटक पटक सार्वजनिक रुपमा दिइसकेका छन् । कंसाकारका अनुसार सिगंपुरमा थन्किएकोे जहाज बारम्बार समस्या आएपछि निगमले बिक्रीमा राख्ने निर्णय गरेको हो । यो जहाजलाई निगमले अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता झिकाएर विक्री मूल्य तय गर्ने काम अगाडि बढाएको जानकारी दिएको छ ।

निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउने उल्लेख छ । स्न २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । यस्तो मूल्यांकन अनुसार जहाजको मूल्य ८० करोड देखि एक अर्ब रुपैयाँसम्म आउन अनुमान निगमले गरेको छ ।

मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ ।

सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेकोले काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिन्छ । यो जहाजको दुईवटै इन्जिनको आयु करीब सकिएको र ओभरहल गर्नुपर्ने बेला भएको छ ।

इन्जिन मर्मत गनुपर्ने अवस्थामा रहको छ भने हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेकका मर्मत (सीचेक) पनि गर्नुपर्ने अवस्थामा पुगिसकेको छ । सबै मर्मत गर्दा लागत धेरै लाग्ने र मर्मत गर्न लागेको अधिक खर्चबाट जहाजले लाभ लिन नसक्ने निष्कर्षसहित निमगले यो जहाजलाई विक्री गर्ने निर्णयमा निगम पुगको उल्लेख छ ।

निगमका अनुसार यो जहाजलाई टेण्डर गरेर विक्री गरिने भएकोले जसले धेरै पैसा दिन्छ उसैलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने भएको पनि उल्लेख छ । निगमले विसं २०४४ सालमा करीब २३ लाख अमेरिकी डलरमा खरिद गरेको थियो ।

वोइङ जहाज विगत २९ वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको छ । निगमले साढे दुई दशकदेखि नियमति संचालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने संचालनमै रहको छ ।

निगमका अनुसार एउटा बोइङ र दुईवटा एयरवस संचालन गर्दै गर्ने अर्को दुई वटा एयरबसको वाइडवडि किन्ने भएको छ । वाइडवडिको जहाज किन्न टेण्डर गरिसेकोले तिहारपछि टेण्डर खोलिने पनि निगमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.