६ ब्रोकर कम्पनीको सेयर कारोबार बन्द, नागरिक लगानी कोष सहित ४ मर्चेन्ट बैंकरलाई नयाँ कारोबार गर्न एक साता रोक

  २०७३ कार्तिक ११ गते १०:४५     विकासन्युज

काठमाडौं, ११ कात्तिक । नेपाल धितोपत्र बोर्डले ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार बन्द गरिदिएको छ भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गर्ने निर्णाय विहीबार गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

sebonबोर्डका सहायक प्रबक्ता निरञ्जय  घिमिरेका अनुसार सेयर ब्रोकर कम्पनीहरु प्रिमियर सेक्युरिटज, मार्केट सेक्युरिटज, अरुण सेक्युरिटज, जेफ सेक्युरिटज, सुमेरु सेक्युरिटज र सुन्धारा सेक्युरिटिज्लाई कारवाही गर्ने निर्णय भएको छ । उनीहरुलाई सात दिनसम्म सेयर कारोबार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै धितोपत्र बोर्डले नागरिक लगानी कोष, भिवोर क्यापिट, सिद्धार्थ क्यापिटल र विड इम्भेष्टमेन्टलाई पनि ७ दिनसम्म नयाँ काम लिन नपाउने, सम्झौता गर्न नपाउने गरि कारवाही गर्ने निर्णय गरेको छ । मर्चेन्ट बैकरले अरु काम गर्न पाउने तर नयाँ सम्झौता गर्न वा अरु नयाँ काम गर्न नपाउने गरि कारवाहीको निर्णय भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.