जनता बैंकको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, १९.९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

  २०७३ कार्तिक ११ गते ९:५८     विकासन्युज

काठमाडौं, ११ कात्तिक । जनता बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको लागि आवेदन गर्न आह्वान गरेको छ । बैंकले विद्यमान २ कित्ता बराबर १ कित्ता (५० प्रतिशत) हकप्रद सेयर निष्काशन गरेको छ ।

janata-bankहकप्रद सेयरको लागि मंसिर १ देखि पुस ५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । जनता बैंकका सबैं कार्यालयबाट र एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडबाट उक्त सेयरको लागि आवेदन गर्न तथा सेयरको लागि रकम बुझाउन सकिने बैंकले जनाएको छ । कात्तिक १० गतेसम्म सेयर लिएका सेयरधनीले हकप्रद सेयरका लागि अावेदन गर्न पाउनेछन् ।

हाल दुई अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षको नाफाबाट ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ ।

‘बैंक सञ्चालक समितिले १९.९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा प्रस्ताव गरेको छ’ बैंक स्रोतले भन्यो -‘यसमा राष्ट्र बैंकबाट स्वीकृत प्राप्त हुन बाँकी रहेकाे छ ।’

बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गर्छ भन्ने विश्वासका आधारमा विहीबार जारी सूचनामा अपरिष्कृत वित्तीय विवरण उल्लेख गर्दै २०७३ असार मसान्तको चुक्ता पुँजी २ अर्ब ४७ करोड २० लाख रुपैयाँ जनाएको छ । बोनस सेयर स्वीकृत भएमा हकप्रद सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.