लक्ष्मी बैंकको दुई नयाँ शाखा संचालनमा

  २०७३ कार्तिक १० गते १६:२०     विकासन्युज

काठमाडौं, १० कात्तिक । लक्ष्मी बैंकले बुधबार दुई नयाँ शाखा नवलपरासीको रजहर र उदयपुरको गाईघाट शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु ग्राहकमाझ सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएको हो ।

laxmi_bank_branch_udayepur_आर्थिक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको गाईघाट र बैकिङ्ग क्षेत्रमा पहुँच सुदृढ नभईसकेको,रजहर जस्तो बजारहरुमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । उक्त शाखा मार्फत सुविधाजनकन निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गर्ने बैंकले बताएको छ ।

हाल लक्ष्मी बैंकको शाखा संजाल ५७, २ विस्तार काउन्टर र ७७ ए टि एम रहेको छ । यीशाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.