हरिवंशको गीत ‘हेर्दा जाबाे कागज, यस्काे कत्राे तागत, साहिली जे गर्नु छ गर्छ यहि पापी पैसाले’ (भिडियाे सहित)

  २०७३ कार्तिक १० गते १६:२६     विकासन्युज

paisaकाठमाडाैं, १० कात्तिक । कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो । प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशनस्वरुप गीत सार्वजनिक गरिएको ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह सञ्चारले निर्माण गर्ने फिल्म निर्देशनको जिम्मा समेत प्रदिपलाई नै दिने समाचारसमेत सार्वजनिक भइसकेका छन् ।

फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् । फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशि लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । यस्तो छ भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.