प्रिमियर इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने, पूँजी ४४ करोड रुपैयाँ पुग्ने

  २०७३ कार्तिक १० गते १३:०२     विकासन्युज

काठमाडौं, १० कात्तिक । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकलले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी ४४ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको प्रतिकित्ता सेयर करिब २२८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.