विमास्थल एक घण्टा बन्द, गोमा एयरको दुईवटै जहाज आकस्मिक आवतरण

  २०७३ कार्तिक १० गते ११:१५     विकासन्युज

काठमाडौं १०, कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका जहाजको सीसाका टुक्रा भेटिएपछि एक घण्टा विमानस्थल बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रमनाथ ठाकुरका अनुसार धवनमार्गमा सीसाको टुक्रा भेटिएपछि अनुसन्धानका लागि विहान एक घण्टा विमानस्थल बन्द भएको छ ।

ठाकुरका अनुसार विहान ८ बजेर ४८ मिनेटदेखि ९ बजेर ४६ मिनेटसम्म धावनमार्ग बन्द भएको छ । धावनमार्ग बन्द गरेर गरिएको निरिक्षणका क्रममा एउटा मरेको सनो चमेरो भेटियो भने सीसाका टुक्रा पनि भेटिएको छ । tiaairport111

विमानस्थल कार्यालयका अनुसार सीसाको टुक्रा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानका जहाजको लाइट झरेको हुनसक्ने अनुमान गरिएको छ ।

सीसा रनवेमा भेटिएको विषयमा अनुसन्धान गर्न विमानस्थलको हवाइ उडान सुरक्षा महाशाखालाई निर्देशन समेत भैसकेको छ । सुरक्षा विभागले अनुसन्धान गर्ने र सबै जहाज चेकजाँचको अवस्थामा रहेका छन् ।

धावनमार्ग निरिक्षणका लागि भएको एक घण्टा विमानस्थल बन्द भएकै अवस्थामा लुक्लाबाट आन्तरिक उडानको गोमा एयर होल्ड गर्न नपुग्ने इन्धन भएकोले कारण यसका दुईवटै जहाजलाई आकस्मिक अवतरण गराइएको छ । दुबै जहाज लुक्लाबाट आएको र आकस्मिक आवतरण सुरक्षित रुपमा भएको पनि विमानस्थलका प्रवत्ता ठाकुरले बताए ।

उनका अनुसार एक घण्टा विमानस्थल बन्द भएकोले अन्य अतवण र गर्नुपर्ने उडान आकासमै होल्ड गर्न लगाइएको र विमानस्थलबाट उड्नुपर्ने जहाज पनि रोकिएको थियो । धावनमार्ग निरीक्षणपछि अहिले सहज रुपमा विमानस्थल सुचारु भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.