भारतीय राष्ट्रपतिलाई बुद्ध एयरको जहाज चार्टर, एकदिनको लागि २८ हजार डलर

  २०७३ कार्तिक १० गते ८:२८     विकासन्युज

काठमाडौं १०, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा काठमाडौंबाट जनकपुर र पोखरा जान बुद्ध एयरको जहाज चार्टर हुने भएको छ ।

बुद्ध एयरले भारतीय राष्ट्रपति मुखर्जीलाई १९ गते बिहान काठमाडौंबाट जनकपुर र पोखरा लैजने भएको छ । पोखराबाट सोही दिन काठमाडौं फर्कने र भारत प्रस्थान गर्ने तालिका तय भएको छ । buddha---air

बुद्ध एयरका अपरेशन म्यानेजर सुुवर्ण खरेलका अनुसार ४२ सिट क्षमतको एटीआर जहाज मुखर्जीको चार्टरमा प्रयोग हुने भएको छ । बुद्धको दुई वटा जहाज चार्टर हुुुने उनले बताए ।

एक दिनको लागि दुई वटा जहाज चार्टरका लागि ३३ हजार डलर प्रस्ताव गरेको भएपनि मन्त्रालयले १५ प्रतिशत घटाउन आग्रह गरेपछि २८ हजार डलरमै चार्टर सेवा दिन लागिएको बुद्ध एयरले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालका सहप्रवक्ता प्रमोद नेपालका अनुसार निजी क्षेत्रले भारतीय राष्ट्रपतिको चार्टर पाउनु भनेको निकै ठूलो ब्राण्डिङ हुनु हो ।

उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यास सेनाबाट नै यो सेवा सुविधा हुने भएपनि नेपालमा आएका भारतीय राष्ट्रपतिलाई निजी क्षेत्रको बुद्ध एयरले दिने सेवा निकै सकारात्मक रहेको छ । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.