लघुवित्तले लघुबिमा जारी गर्न पाउने, व्यवसायको ५ प्रतिशत लघुबिमा जारी गर्नुपर्ने

  २०७३ कार्तिक १० गते ८:०९     विकासन्युज

काठमाडौं १०, कात्तिक । लघुवित्त कम्पनीहरुले पनि अब लघुबिमा योजना जारी गर्न पाउने भएका छन् । नेपाल बिमक संघ र नेपाल लघुबिमा बैंकर एसोसिएशनबीच भएको सम्झौता अनुसार लघुबिमा कम्पनीहरुले लघुबिमा जारी गर्न पाउने भएका हुन ।
beema_building
सरकारले चालू आवदेखि लघुबिमा योजनालाई अनिवार्य गरेको छ । सरकारले बिमा कम्पनीहरुलाई आफ्नो व्यवसायको ५ प्रतिशत लघुबिमा जारी गर्न निर्देशन दिइसकेको छ । तर, सरकारको यस्तो निर्णयप्रति कम्पनीहरु भने रुष्ट छन् ।

एकैपटक पाँच प्रतिशत लघुबिमा जारी गर्न कठीन हुने कम्पनीहरुको भनाइ रहेको समाचार बुधबारको कारोबार दैनिकले छापेको छ ।

कम्पनीको यही समस्यालाई सहज बनाउँन बिमा समितिको नेतृत्व सक्षमको संयोजकत्वमा नेपाल बिमक संघ र एासोसिएशनबीच सम्झौता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.