तिनाउ विकास बैंकको २५ प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद सेयर पारित

  २०७३ कार्तिक ९ गते १३:०१     विकासन्युज

काठमाडौं, ९ कात्तिक । तिनाउ विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि १ दशमलब ३१५९ प्रतिशत नगद लाभांश दिने बैंकको निर्णय पारित भएको छ ।

tinau_dev_bonusत्यसका साथै कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त बैंकको निर्णयलाई सोमबार बसेको बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी ४२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५ सय रुपैयाँमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.