यति एयरलाइन्सले २९ सिट क्षमताका जहाज विस्थापन गरेर ७२ सिटको ल्याउँदै, प्रतिस्पर्धा बुद्ध एयरसँग

  २०७३ कार्तिक ९ गते ११:२२     विकासन्युज

काठमाडौं ९, कात्तिक । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्लसले जहाजको उडान क्षमता विस्तार गर्ने भएको छ । हाल ५ वटा २९ सिट र एउटा ३० सिट क्षमताको जेट स्टीम जहाज उडाइरहेको यति एयरले जहाजको उडान क्षमता बढाउन ७२ सिट क्षमतको जहाज ल्याउने भएको छ । यो एटीआर नामक ७२ सिट क्षमताको जहाज ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष अनुमति मागेको छ ।atr72-aircraft

मन्त्रालयक अनुसार यो वायुसेवाले ७२ सिट क्षमताका चार वटा एटीआर जहाज ल्याउन मन्त्रायसमक्ष अनुमति मागेको हो । मन्त्रालयसमक्ष यतिले फ्ल्टि थप (जहाजको संख्या बढाउने) अनुमति मागेको हो ।

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीलाई क्षमता बढाउनु र जहाज संख्या थप गर्न सहजीकरण नै गर्ने छ ।

जसका कारण यतिले एकपटका २९ जना मात्रै बोक्ने जहाजलाई हटाएर एकैपटक ७२ जना बोक्ने जहाज ल्याउने तयारी थालेको जानकारी दिएको छ ।

यति एयरले हाल काठमाडौंबाट पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवासहितका सहरी क्षेत्रका (सुगम गन्तव्यमा)मा नियमित उडान गरिरहेको छ । यो वायुसेवाले ताराका ७ वटा जहाजमार्फत विभिन्न दुर्गम क्षेत्रका पहाडी गन्तव्यमा पनि उडान गरिरहेको छ ।

तारासँग दुर्गम क्षेत्रको लागि उडान अनुकुल रहेको २१ सिट क्षमताको ट्वीअटर जहाज रहेको छ । यतिले भने सुगम क्षेत्रमा मात्रै र ताराले विभिन्न दुर्गम क्षेत्र लुक्ला, हुम्ला, जुम्ला, सुर्खेतलगायतका क्षेत्रमा उडान गर्ने गरेको छ ।

यतिले खरिद गर्ने तयरी गरेको एटीआर ७२—५०० नामक जहाज एउटाको बजार मूख्य करीब डेढ अर्ब रुपैयाँ रहेको छ । यतिले चारवटा जहाज खरिद गर्दा बजार मूल्यमा कम्पनीलाइ छुट उपलव्ध हुने भएकोले पनि करीब पाँच अर्ब रुपैयाँ जहाज थप गर्नमा खर्च हुने उल्लेख छ ।

प्रतिस्पर्धा बुद्ध एयरसँग

निजी क्षेत्रका दुई वायुसेवा कम्पनी यति एयरलाइन्स र बुद्ध एयर करीब एउटै समयमा स्थापन भएका हुन । दुबै कम्पनीले डेड दशक पार गरिसकेका छन् ।

बुद्ध एयरले बीचक्राफ्ट नामक जहाजलाई विस्थापन गरेर ६ वटा एटीआर जहाज संचालन गरेको छ । बुद्धसँग ४२ सिट क्षमतको तीन र ७२ सिट क्षमतको ३ वटा एटीआर जहाज रहेको छ । बुद्धले पनि काठमाडौंबाट पोखरा, विराटनगर, धनगढी, नेपागन्ज, भैहरवा, भरतपुरसहितका सुगम क्षेत्रमा विमानस्थमा मात्रै उडान गर्र्ने गरेको छ ।buddha---air

बुद्ध एयरले सुगम क्षेत्रका विमानस्थलमा मात्रै उडान गर्ने र ठूलो जहाज संचालन गरेकोले यसको बजार हिस्सा ६० प्रतिशत भन्दा बढी रहेको छ । यतिले नयाँ एटीआर थप गरेपछि यो वायुसेवाको सीधा प्रतिस्पर्धा बुद्ध एयरसँगै हुने उल्लेख छ ।

यतिले चार वटा ठूला जहाज थप गरेपछि हाल संचालनमा रहेको जेटस्टिमको तीन वटा उडानको यात्रु एउटै उडानमा एटीआरले बोक्न सक्छ । जसका कारण इन्धन, कर्मचारी, समयको बचत हुने र वायुसेवा लाभमा जाने यति एयरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.