२०७३ कार्तिक ८ गते १७:५० विकासन्युज
काठमाडौं, ८ कात्तिक । बेष्ट रेमिट नेपाल र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र रामारोशन माईक्रोफाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बतालाले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता सँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स अछाम, डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, सुर्खेत र दैलेख स्थित रहेका शाखा कार्यालयबाट भुक्तानी लिन सकिनेछ । यस्तै बेष्ट रेमिटका श्रेष्ठले सो सम्झौता सँगै अब विदेशबाट पठाएको पैसालाई ग्रामिण भेगका सेवाग्राहीहरुलाई भुक्तानी लिन थप सेवा पुग्ने बताएका छन् ।
गैर आवासीय नेपालीहरु द्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।
रामारोशन माईक्रोफाईनान्स सँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.