प्रभु मनि ट्रान्स्फर र रामारोशन माइक्रोफाइनान्स बिच रेमिटेन्स सम्झौता

  २०७३ कार्तिक ८ गते १२:३८     विकासन्युज

काठमाडौं, ८ कात्तिक । प्रभु मनि ट्रान्स्फर प्रा.लि र रामारोशन माइक्रोफाइनान्स वित्तिय सस्था लि. बिच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट कपंनीका नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा रामारोशन माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले हस्ताक्षर गरेका छन् ।
prabhu_agree_ramaroshaance_
अछाम जिल्लाको मंगलसेन–५, मा प्रधान कार्यालय रहेको लघुवित्तको विभिन्न १० जिल्लाहरु अछाम, डडेल्धुरा, डोटी, बझाङ्, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा संचालन स्विकृति रहेको छ । हाल वित्तिय संस्थाको प्रधान कार्यलय अछामबाट प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सेवा प्रदान गर्ने माइक्रोफाइनान्सका सिइओ बटालाले भनेका छन् ।

साथै उनले चालु वर्ष भित्र नै बाकी सबै स्थानबाट सेवा सञ्चालन गर्ने संस्थाको लक्ष्य  रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.