पत्रकारका लागि ७५ रुपैयाँमा पाँच लाखको दुर्घटना बिमा, एनएलजीले पायो बिमा गराउने अनुमति

  २०७३ कार्तिक ८ गते १२:२७     विकासन्युज

काठमाडौं ८, कात्तिक । पत्रकारका लागि जम्मा ७५ रुपैयाँमा पाँच लाखको दुर्घटना बिमा हुने भएको छ । यही कात्तिक १७ गतेदेखि लागू हुने गरी एनएलजी इस्योरेन्सले पत्रकारको पाँच लाख रुपैयाँको बीमा गराउने भएको छ । सूचना बिभागले मागेको प्रस्तावमा विभिन्न बिमा कम्पनीले आवेदन दिएकामा एनएलजीले अनुमति पाएको छ ।beema_building

यो कम्पनीले कम्तिमा एक हजार जानको लागि बिमा गराउने एनएलजी इन्स्योरेन्सका मार्केटिङ कन्सल्ट्यान्ट विक्रान्त पाण्डेले बताए ।
‘गत वर्ष पनि हामीले नै पाएको थियो यो वर्ष पनि हामीलाई नै सूचना विभागले छनोट गरेको छ,’ पाण्डेले भने ।

उनका अुनसार नेपाल सरकार सूचना विभाग, नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको संयुक्त प्रयासमा पत्रकारको बिमा गर्ने काम भएको हो । महासघंले विभिन्न जिल्लाबाट संकलन गरेका पत्रकारको तथ्यांकको आधार बिमा हुने उल्लेख छ । सूचना विभागले महासंघबाट लिएको पत्रकारको विवरण हामीलाई उपलब्ध गराउँछ र ती सबैको बिमा हुने पनि पाण्डेले बताए ।

उनका अनुसार हाल न्युनतम एक हजार जनाको बिमा हुने जानकारी दिएको छ । श्रमजीबी पत्रकारको हकमा सुचना विभागले उपलब्ध गराएका सबै पत्रकारको बिमा हुने पनि पाण्डेको भनाइ छ । यस्तो बिमामा विमा समितिले तोकेको मापदण्ड र खाकामा रहेर विमा पोलीसी जारी हुन्छ ।

पाँच लाखको यो दुर्घटना बिमा योजनामा बिमित पत्रकारको दुर्घटनामा मृत्यु भएमा, दुर्घटनाबाट दुबै आँखा र दुबै हात वा खुट्टा गुमाएमा पनि पाँच लाख उपलव्ध हुने छ । अन्य अंगहरुको हकमा आंशिक रकम उपलव्ध हुने छ भने दुर्घटनावापतको औषधिउपचार खर्च एक लाख रुपैयाँसम्म हुने पनि पाण्डेले जानकारी दिए ।

श्रमजीवी पत्रकारले पाउने यो सुविधा व्यवहारिक र आवश्यक पनि भएकोले यस्तो योजना सबै नेपाली नागरिकसम्म पुग्न जरुरी रहेको पनि पाण्डेको बुझाई छ । पाण्डेका अनुसार यही कात्तिक ५ गते एनएलजीले सूचना विभागसँग सम्झौता गरेको छ ।

आगामी कात्तिक १७ देखिनै बिमा आब्हान हुने भएकोले आगामी असार मसान्तभित्र जुन महिनामा बिमा भएको छ अर्को बर्ष सोही महिनासम्म लागू हुने पनि उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.