७७ वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज, अधिकांश विकास बैंक र फाइनान्स कम्पनी

  २०७३ कार्तिक ८ गते ११:०३     विकासन्युज

nrbकाठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले ७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएपछि ७७ वटालाई खारेज गरी ४१ वटा मात्र बनाएको राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।  असार मसान्तमा २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा वित्त कम्पनी, ४२ वटा, माइक्रो फाइनान्स छन् ।

आर्थिक वर्ष २०६९/७० सम्म २ सय १४ ओटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले १ सय ७३ मा सीमित रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गाभिनेमा पनि विकास बैंक र फाइनान्स कम्पनी बढी छन् । माइक्रो फाइनान्सको संख्या भने डब्बल वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली–२०६८ ल्याएसँगै नेपालमा औपचारिक रुपमा बैंक तथा वित्तीय संस्था आपसमा गाभिन सुरु गरेका छन् । पूँजी अभावले थप लगानी गर्ने नसक्दा नाफा घट्नु, व्यवसायिक वित्तीय अवस्था बिग्रिएर जानुलगायतका कारणले बैंक तथा वित्तीय संस्था बलियो, सवल तथा सक्षम बन्नु पर्ने वाध्यता देखिएको थियो ।

केन्द्रीय बैंकले चाहेजस्तो मर्जरमा आकर्षण नदेखिएपछि गएको आर्थिक वर्षको मौद्रिक नीतिबाट चुक्ता पूँजी बढाएर बाध्यात्मक मर्जरको नीति राष्ट्र बैंकले व्यवस्था गर्यो । त्यसयता मर्जरको पहिलो कारण राष्ट्र बैंकले निर्धारण गरेका ८ अर्ब चुक्ता पूँजी पु¥याउनु रहेको छ ।

राष्ट्र बैंकले दुई अर्ब पुँजी भएको वाणिज्य बैंकलाई आठ अर्ब, ६४ करोड पूँजी भएको विकास बैंकलाई दुई अर्ब ५० करोड र २० करोड पूँजी भएको फाइनान्स कम्पनीलाई ८० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । यी वित्तिय संस्थाहरुले चालू आवको अन्त्यसम्म अर्थात असारमसान्तसम्म चार गुणाले पुँजी वृद्धि गरिसक्नुपर्छ ।

अहिलेकै अवस्थामा तीन सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक तथा निजी क्षेत्रका नबिल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, नेपाल एसबिआई, ग्लोबल आइएमइ र प्रभु बैंकलाई पुँजी वृद्धि गर्न खासै समस्या छैन । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो पूँजी वृद्धिको योजना राष्ट्र बैंक समक्ष पेश गरिसकेको छ भने एफपिओर, वोसन सेयर जारी गरेर चुक्ता पूँजी पुर्याउने भएको छ ।

गैरआवासीय नेपालीहरुको लगानी रहेको माछापुच्छ्रे बैंक र सानिमा बैंकका सेयरधनी हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने लाइनमा छन् भने अन्य वाणिज्य बैंकहरु विकास बैंक तथा फाइनान्स कम्पनी एक्वाएर गरेर तथा हकप्रद र बोनस सेयरबाट पुँजी वृद्धि गर्ने लाईनमा छन् । यतिबेला पनि अधिकांश विकास बैंक र फाइनान्स कम्पनी भने वाणिज्य बैंकसँग मर्जमा जान लचिलो रुपमा प्रस्तुत हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.