कैलाश विकास बैंकको २५ प्रतिशत बोनस स्वीकृत, २० प्रतिशत हकप्रद सेयर छिट्टै

  २०७३ कार्तिक ८ गते १०:१५     विकासन्युज

kailash_bikash_bankकाठमाडौं, ८ कात्तिक । कैलाश विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिन गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो ।

‘राष्ट्र बैंकबाट व्यालेन्सिट स्वीकृत भएको पत्र आएको छ । अब छिट्टै साधारणसभा सम्वन्धि सूचना प्रकाशित गर्नेछौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले विकासन्युजसँग भने । बैंकको यसअघि सम्पन्न साधारणसभाले गरेको निर्णयअनुसार ५ बराबर १ अनुपातमा अर्थात २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.