बर्मुडा ट्राएङ्गलको रहस्य खुलको बैज्ञानिकको दावी, एलियन र सुनामिका कारण दुर्घटना

  २०७३ कार्तिक ८ गते ८:०८     विकासन्युज

वासिङ्गटन: वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्तो हेक्सागोनल (छ एङ्गल भएको) बादलका कारण हुने गरेको बताएका हुन् । बर्मुडा ट्राएङ्गल आन्ध्र महासागरमा ५ लाख स्क्वायर किलोमिटरको एक भाग हो। यसको आकार ट्राएङ्गल जस्तै रहेको छ ।

पछिल्ला एक सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा एक हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको  हेक्सागोनल आकारका कारण विकास भएको हो ।

कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्‍यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ ।

समाचार अनुसार र्‍यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ ।

यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्‍याउँछन् ।

वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ ।

यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ ।

बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो ।

यसै साल मार्चमा नर्वेका केही वैज्ञानिकले बर्मुडा ट्राएङ्गल रहेको समुद्रबाट मिथेन ग्यास चुहिरहेको दाबी गरेका थिए । जसको कारणले त्यहाँ विशेष किसिमको गुरुत्वाकर्षण बल बन्ने गरेको छ ।

के हो बर्मुडा ट्राएङ्गल 
बर्मुडा ट्राएङ्गल रहेको एक खतरनाक इलाका आन्ध्र महासागरमा रहेको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआनबीच रहेको छ ।

यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्राएङ्गल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.