अर्थमन्त्री र अर्थसचिव धितोपत्र बोर्डको कार्यालयमा, ‘पूँजी बजारमा अबैध लगानी रोक्न निर्देशन’

  २०७३ कार्तिक ७ गते २१:०५     विकासन्युज

krishna_bahadur_maharaकाठमाडौं, ७ कात्तिक । उपप्रधानतथा अर्थमन्त्री कृष्णबहादुर महरा र अर्थसविच राजन खनाले आईतबार नेपाल धितोपत्र बोर्डको निरीक्षण गरेका छन् । त्यसक्रममा अर्थमन्त्री महराले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजी बजारको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस बजारको विकासमा जोड दिएका छन् ।

पुँजी परिचालनको महत्वपूर्ण अंगको रुपमा रहेको धितोपत्र बोर्डल प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् । नियामक निकायको प्रभावकारी भूमिकाको अभावमा बजारमा अराजकता आउन सक्ने उनले बताए । बोर्डले आफ्नो क्षमता विकास गर्दै बजारमा लगानीकर्ताहरुको विश्वास बढाउने गरि काम गर्न मन्त्री महराले निर्देशन दिएको बोर्डले जनाएको छ ।

वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको बताउदै बोर्डमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बोर्डको भूमिका तथा उद्देश्यअनुसार उच्च मनोवल तथा सकारात्मक सोच सहित कार्यजिम्मेवारी पूरा गर्न पनि निर्देशन दिएका छन् ।

अर्थमन्त्रीसँगै बोर्डमा पुगेको राजस्व सचिव राजन खनालले पुँजी बजारमा अवैध सम्पत्तिको प्रवाह रोक्न सक्नुपर्ने बताए । ‘दीर्घकालीन पुँ जी परिचालनको लागि विश्वसनीय वातावरण बनाउन, पुँजीबजारलाई स्वच्छ तथा पारदर्र्शी बनाउन ऐनले धितोपत्र बोर्डलाई अधिकार दिएको छ । त्यसको प्रयोग गरेर विशेष गरी पुँजी बजारमा अवैध सम्पत्तिको प्रवाह रोक्न सक्नुपर्छ’ अर्थसचिवको भनाई उदृत गर्दै बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्वागत गर्दै उपप्रधानमन्त्री पुँजीबजारको विकासलाई प्रोत्साहन गर्न प्रतिवद्ध हुनु भएकोले आगामी दिनमा पुँजीबजारको विकासले गतिलिने विश्वास व्यक्त गरे । यसै क्रममा अध्यक्षले बोर्डले बजार सुधार तथा विकासक लागि गरेका कार्यहरु, बजारको वर्तमान अवस्था, सुधारको पहल र विकासका समस्या तथा चुनौतिहरु सम्बन्धमा संक्षिप्त प्रस्तुती राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.