सिन्धु विकास बैंकले १६ प्रतिशत लाभांश दिने

  २०७३ कार्तिक ७ गते १३:०३     विकासन्युज

sindhu_bikash_bankकाठमाडौं, ७ कात्तिक । सिन्धु विकास बैंकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर र शुन्य दशलब ८८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकका लगानी कर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् ।
१२ करोड चुक्ता पुँजी भएको सिन्धु विकास बैंकले गत आर्थिक बर्षमा २ करोड ७२ लाख नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.