साइन रेसुङगा र मुक्तिनाथले पाए बोनस सेयरको स्विकृति, २१ प्रतिशत लाभांश दिँदै भार्गव

  २०७३ कार्तिक ७ गते १२:११     विकासन्युज

bonusकाठमाडौं, ७ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकलाई बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्विकृती दिएको छ । राष्ट्र बैंकले आइतबार दुबै बैंकको बोर्ड बैठकले प्रस्ताव गरे बमोजिमको बोनस सेयर वितरण गर्न अनुमति दिएको हो ।

साइन रेसुङगा बैंकको सञ्चालक समिति बैठकले २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो भने मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।

८६ करोड ८४ लाख चुक्ता पुँजी रहेको साइन रेसुङगा डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७२/७३ मा २७ करोड नाफा कमाएको थियो ।
८३ करोड ८४ लाख चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले गत आवमा ३५ करोड ८८ लाख रुपैंयाँ नाफा कमाएको थियो ।

यसैबिच भार्गव विकास बैंकले २१ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ६ गते सम्पन्न बैंक सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । १२ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ करोड ५८ लाख रुपैंयाँ नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.