सनराइज बैंकको नाफा ११४ प्रतिशतले बढ्यो, वार्षिक नाफा १ अर्ब नाघ्ने

  २०७३ कार्तिक ७ गते ११:३१     विकासन्युज

sunrise_bankकाठमाडौं ७, कात्तिक । सनराइज बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा २५ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशतले बढेको छ ।  बैंकले गत वर्षको पहिलो त्रैमासमा ११ करोड ७८ लाख २ हजार रुपैयाँ खुद नाफा कामएको थियो ।

यस बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा कुल ९५ करोड १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । पहिलो त्रैमासको नाफाका आधारमा यस बैंकले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गर्ने देखिएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

सनराइज बैंकले असोज मसान्तसम्ममा बैंकले ५४ अर्ब निक्षेप संकलन गरेको छ भने ४६ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको लगानी ७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

बैंकको निस्क्रिय कर्जा अनुपात २ दशमलव ६९ बाट घटेर १ दशमलव ६९ प्रतिशतमा आइपुगेको छ । बैंककको निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमालव ७२ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार १९ दशलव १० रुपैयाँ रहेको छ । यो बैंकको प्रति सेयर कारोबार न्यनुतम ६२० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.