सिद्धार्थ बैंकद्धारा ई–सेवा खाता संचालनमा, शुन्य मौज्दातमै खोल्न सकिने

  २०७३ कार्तिक ५ गते १८:१८     विकासन्युज

काठमाडौं, ५ कात्तिक । सिद्धार्थ बैंकले ई–सेवाका ग्राहकहरुलाई लक्षित गरी “सिद्धार्थ ई–सेवा खाता” संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो ।

siddhartha_e_khata_service

बैंकका अनुसार उक्त खाता शुन्य मौज्दातमै खोल्न सकिने छ । यस खाताद्धारा ग्राहकहरुले निःशुल्क चेकबुक, इलेक्ट्रोनिक बैंकिङ्ग प्याकेज लगायत अन्य थुप्रै आकर्षक सुविधाहरु प्राप्त गर्नसक्ने बैंकले बताएको छ । साथै, ग्राहकहरुले आफुलाई पायक पर्ने ई–सेवाका कुनै पनि आधिकारिक प्रतिनिधि मार्फत् यो खाता सजिलै खोल्न सक्नेछन् ।

उक्त “सिद्धार्थ ई–सेवा खाता” खोल्ने आधिकारिक सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र ई–सेवाका तर्फबाट ई–सेवा फोनपे प्रा. लि का अध्यक्ष असगर अलीले हस्ताक्षर गरेका हुन् ।शुन्य मौज्दात र विभिन्न आकर्षक सुविधाहरुसहितको यस खातामार्फत ई–सेवाका प्रविधिमैत्री ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकको विश्वास छ ।

बैंकले हाल नेपालभर रहेका आफ्ना ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.