सिटिजन्स बैंकको ललितपुरको मानभवन शाखा स्थानान्तरण

  २०७३ कार्तिक ५ गते १६:२२     विकासन्युज

citizen_inte_bankकाठमाडौं, ५ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलको ललितपुर स्थित मानभवन शाखा स्थानान्तरण भएको छ । उक्त शाखा ललितपुरको ग्वार्को-६ ‘कु’ स्थित हारती भवनबाट संचालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरि नया भवनबाट यस शाखाको आरम्भ गरेका हुन् ।

बैंकको हाल कुल ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ४८ वटा शाखाबाट बैंकले आधुनिक बैकिङ्ग सेवा दिँदै आइरहेको छ । बैंकले हाल करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको बैंकको शाखालाई पनि स्थानान्तरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.