अब फेसबुक मेसेन्जरमा आएको मेसेज अरुले पढ्न नसक्ने

  २०७३ कार्तिक ४ गते २१:१८     विकासन्युज

 काठमाडौं, ४ कात्तिक। फेसबुक मेसेन्जरमा अव यस्तो मेसेज पठाउन सम्भव भएको छ, जुन अरु कसैले पढ्न सक्दैन । तपाईंले पठाएको मेसेज आफै डिलिट हुने छ । यसका लागि दुई व्यक्ति जो च्याट गर्छन् उनीहरुले फेसबुक मेसेन्जरको सबैभन्दा नयाँ भर्सन आवश्यक पर्छ । र, मेसेज पठाउने तरिका पनि पहिलेको भन्दा केही फरक रहेकेा छ ।

messenger_lite

सबैभन्दा पहिला नयाँ भर्सनको मेसेन्जर डाउनलोड गर्नुहोस् । त्यसपछि ‘कम्पोज’ मा क्लिक गर्नुहोस् । नया मेसेज वाला जुन स्क्रीनमा आउछ त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको पाउनु हुनेछ । तपाई जसलाई उस्तो मेसेज पठाउँन चाहनुहुन्छ, आफ्नो फेनबुकमा उसको नाम छान्नुहोस । यदी उसँग मेसेन्जरको नयाँ भर्सन छैन भने उसले उक्त मेसज पढ्न सक्ने छैन ।

मेसेन्जरले तपाईंले मेसेज पठाउन लाग्नु भएको प्रयोगकर्ताले नयाँ भर्सनको मेसेन्जर चलाएकेा छ कि छैन भन्ने जानकारी भने दिने छैन । यसकालागि तपाईंले आफ्ना साथीलाई फोन गरेर नयाँ भर्सन चलाए नचलाएको बारे जानकारी लिन जरुरी छ । तपाईले पठाएको मेसेज आफै डिलिट हुने अवश्य छैन । यसकालागि  मेसेन्जरमा एक टाइमल अप्सन देखिनेछ जसलाई तपाइले क्लिक गर्नुपर्ने हुन्छ ।

यसपछि तपाईले उक्त मेसेज कति समयपछि हराउने वा डिलेट हुने तपाईंले निश्चित गर्नुपर्ने छ । तपाईले पठाएको मेसेजा वा तपाईलाई आएको मेसेज तपाईको स्क्रीनमा ‘तपाईंलाई म्यासेज प्राप्त भएको छ’ शिर्षकमा देखा पर्ने छ । नयाँ मेसेजिङ युवा पुस्ताले बढी प्रयोग गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.