नेपालभरका पर्यटकीय प्याकेज बनाइदै, एक वर्षभित्र सबै पर्यटकीय गन्तव्यको भ्रमण प्याकेज

  २०७३ कार्तिक ४ गते १०:४३     विकासन्युज

काठमाडौं ४, कात्तिक । नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीको संयुक्त पहलमा नेपालभरका सबै पर्यटकीय गन्तव्यमा भ्रमण प्याकेज बनाइने भएको छ । पर्यटकीय गन्तव्यको घुमघाम र भ्रमणका लागि न्युनतम एक दिनदेखिको पर्यटकको रुची अनुसारको महिना दिनसम्मकै पर्यटकीय प्याकेज बन्ने भएको छ ।

घुमफिर वर्ष २०७३ संचालमा रहेको र आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पनि यस्तो प्याकेज बनाउन लागिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिए । उनका अनुसार हाल जुनसुकै गन्तव्यमा जान पनि स्वतन्त्र रुपमा जाने गरिएकोमा त्यसलाई ट्राभल एजेन्सीमार्फत जाने र पर्यटकीय प्याकेजका रुपमा विक्री गरिने पनि बताए ।

‘पहिले नेपालमा जहाँ जे मेला लाग्यो त्यही दौडले नेपाली प्रचलनलाई आन्तरिक पर्यटकीय प्रोडक्टको रुपमा व्यवस्थित बनाउने काम ट्राभल एजेन्सीले गर्छ’, आचार्यले भने । नेपालका पर्यटकीय गन्तव्य कहाँ कत्तिको डिमाण्ड छ र कति पर्यटक जान सकिन्छ भनेर नबुझीकन गोसाइकुण्ड गएजसरी जानु भएन । Tourism

भौगोलिक अवस्था, हावापानी, बस्ने, खाने व्यवस्था, भैपरि आउनसक्ने यात्राका समस्या तथा आवश्यक खर्चको बारेमा लिने जानकारी र सोही व्यव्सथामा बनेको प्याकेज नै आन्तरिक भ्रमणको उपयुक्त माध्यम हुन सक्ने बुझाई आचार्यको छ ।

स्थानिय निकायसँगको समन्वयमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) मै कारोबार गर्ने विषयमा पनि आवश्यक समन्वय हुने भएको छ । यसका लागि सम्बन्धित मन्त्रालय र निकायसँग पनि समन्वय गर्न पर्यटन मन्त्रालयले चासो देखाएको आचार्यको बुझाई छ ।

आन्तरिम पर्यटन भ्रमणको प्याकेजका रुपमा एउटा व्यवसायीक संस्थाले बनाएको प्याकेजलाई अर्को निकायसँग समन्वय हुने भएको छ । जसका कारण सबै क्षेत्रका पर्यटन व्यवसायी र संस्थाको एकतामा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र घुमफिर बर्षको औचित्य पनि हुने बुझाई नाट्टाको छ ।

नाट्टा ट्राभल व्यवसायीको सबैभन्दा पुरानो संस्था भएकोले यसले अन्य व्यवसायीसँग पनि समन्वय गर्ने भएको छ । नाट्टा, टान, हान, सोट्टो, नाटोसहितका सबै पर्यटन व्यवसायीको समन्वयमा पर्यटकीय प्याकेज एक वर्षभित्र नेपालभरका सबै पर्यटकीय गन्तव्यको तयार हुने भएको छ ।

पोखरा, चितवन, लुम्बिनीसहतिका परिचित पर्यटकीय गन्तव्यको प्याकेज अहिले नै तयारी अवस्थमा रहेको र विक्री पनि भइरहेकोले नयाँ गन्तव्यलाई मात्रै आगामी एक वर्ष भित्रमा उजागर गरिसक्ने पनि नाट्टाको भनाइ छ ।tourism

सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेर्स नेपाल (सोट्टो)ले पनि विभिन्न पर्यटकय गन्तव्यको स्थलगत भ्रमण गरेरै पर्यटकीय प्याकेज सार्वजनिक गरिरहेको छ । सोट्टोले हरके वर्ष विभिन्न स्थानमा पुगेर वार्षिक रुपमा दुईतीन वटासम्म यस्तो प्याकेज बनाउन थालेको छ ।

सोटोका अनुसार खप्तड, रारा, लुम्बीनीदेखि स्वर्गद्वरी, पूर्वाञ्चलका पर्यटकीय गन्तव्यसम्को औपचारिक रुपमै प्याकेज सार्वजनिक भैसकेको छ । यो अभियानलाई साथ दिन र ट्राभल एजेन्सीमार्फत घुम्ने कल्चरको विकास गराउँन व्यवसायीको सक्रियता अझै बढ्ने सा्ेट्टा्े नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए ।

सरकारले हाल घुमफिर वर्ष मनाइरहेकोले पर्यटकीय प्रवद्र्धन र व्यवसायीक सहजिकरणको लागि पर्यटन बोर्डले सम्वन्धित निकासँग सहकार्य गर्दै आएको छ ।

बोर्डका अनुसार एक वर्ष भित्रै पर्यटन क्षेत्रको प्रवद्र्धन र आवश्यक तयारीका लागि बोर्डले १ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट पनि बनाएको छ । आन्तरिक पर्यटनलाई ब्राण्डिङ गर्न, पर्यटन मन्त्रालयबाट सुरु भएको विदा पर्यटनलाई अन्य सरकारी निकायसहित निजी क्षेत्रसम्म पुर्याउन पनि बोर्डले सहजिकरणको भूमिका निर्वाह गर्न थालेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.