धमाधम हेलिकोप्टर थपिँदै, नयाँ तथा पुराना कम्पनी अधिकांशले हेलिकोप्टर थप गर्दै

  २०७३ असोज २९ गते ८:४८     विकासन्युज

काठमाडौं २९, असोज । आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट नामकको नयाँ हेलिकोप्टर कम्पनी नै थप भएको छ ।

अर्को एक एभरेष्ट हेलिकोप्टर नामक कम्पनीले पनि सेवा सुरु गर्ने अन्तिम तयारीमा रहेको छ । एभरेष्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुई वटा एएस ३५० बी थ्री नामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने योजना रणनीति बनाइसकेको छ ।

यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ । helicoptors-altitrute

हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरल सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । दसैंलाई नै लक्षित गरेर यो कम्पनीले नयाँ हेलिकोप्टर थप गरेको हो ।

हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई नै दृष्ट्रिगत गरेर एक नयाँ हेलिकोप्टर थप गरेको छ । यो वायुसेवा कम्पनीले एयरवस हेलिकोप्टरको एएस ३५० बी थ्री नामक हेलिकोप्टर थप गरेर दसैदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति सुमन पाण्डेले बताए ।

उनका अनुसार आगामी एक वषभित्रै एक अर्ब रुपैयाँसम्म लगानी थप गर्ने योजना फिस्टेल ग्रुपको छ । फिस्टेल ग्रुपमा फिस्टेल एयर नामक हेलिकोप्टर र नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी गोमा एयर छन् ।

पाण्डेका अनुसार फिस्टेलले आगामी एक वर्षभित्रै बेल कम्पनीको दुई वटा हेलिकोप्टर थप गर्ने भएको छ । गोमा एयरका लागि भने एउटा लेट ४१० जहाज आगामी जनावरीभित्र थप गर्ने भएको छ ।

फिस्टेलले सिम्रिक हेलि ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैं अगाडि गरेको पाण्डेले जानकारी दिए । सिम्रिक हेलि नेपालका लागि बेलको आधिकारीक विक्रेता कम्पनी भएको सिम्रिक एयरका प्रमुख प्रवन्धक दिलबहादुर ओलीले बताए ।

ओलीका अनुसार सिम्रकले पनि आगामी तिहारसम्मा नै एउटा हेलिकोप्टर ल्याउने भएको छ । बेलकै एक हेलि ल्याउने अन्तिम तयारी गरिहेको छ ।

यो सिम्रिकले एउटा युरोपक हेलिकोप्टरको पुरानो भर्सनको हेलिकोप्टर भने काठमाडौं भित्र्याएसकेको छ । यसलाई उडाउने तयारीमा रहेको पनि ओलीले जानकारी दिए ।

फिस्टेलले दसैंदेखि एयरवस हेलिकोप्टर कम्पनीको एउटा एएस ३५० बी थ्री नामक ६ सीट क्षमताको हेलिकोप्टर थप गरेको थियो । यो हेलिकोप्टर करीब २५ करोड रुपैयाँमा खरिद भएको फिस्टेलको भनाइ छ ।

फिस्टेल एयरले दसैंबाटै उडान सुरु गरेको नयाँ हेलिकोप्टर

फिस्टेल एयरले दसैंबाटै उडान सुरु गरेको नयाँ हेलिकोप्टर

फिस्टेलले थप गर्न लागेको दुई वटा हेलिकोप्टरमा एउटाको १२ करोड रुपैयाँ पर्ने उल्लेख छ । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउने योजना रहेको पनि पाण्डेले जानकारी दिए ।

उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको छ ।

फिस्टेलले दसैं अगाडि मात्रै बेलका दुईवटा हेलिकोप्टर खरिद गर्न टेक्ट्रोन कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतामा फिस्टेलक अध्यक्ष विकास राणाले हस्ताक्षर गरेका छन् नेपाली आकासमा दुई प्रकारको हेलिकोप्टर सेवा प्रदान गरेर नयाँ पुस्तालाई सेवा दिन यो कम्पनी अब्बल ठहरिदै गएको बुझाई पनि फिस्टेल एयरको छ ।

नेपाली आकासमा फिस्टेल, अल्टिच्यूट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेल हेलिकोप्टर्स, एयर डाइनेष्टि, मनाङ एयरले हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् ।shree-air-photo

यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकोले दैनिक १८ वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेको भनाइ छ ।

उनका अनुसार हेलिकोप्टरमा पछिल्लो समय बजारको अवश्यकता भन्दा चर्को प्रतिस्पर्धा बढेको छ । सेम्टेम्बरदेखि डिसेम्बसम्मको पर्यटकीय सिजनमा त सबैले काम पाउने भएपनि त्यसपछिको समय भने हेलिकोप्टर नै काम नपाउने अवस्थामा पुग्ने गरेका छन् । प्रतिस्पर्धा बढेपनि सेवामा गुणस्तर बढाउन नसकिएको न्यौपानेको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.