दसैं विदा मनाउनले होटल भरिभराउ, पोखरामा पनि आन्तरिक पर्यटककको घुइँचो

  २०७३ असोज २९ गते ८:२०     विकासन्युज

काठमाडौं २९, असोज । दसै बिदा मनाउन आउने आन्तरिक पर्यटकले म्याग्दी र मुस्ताङका होटल भरिभराउ भएका छन् । म्याग्दी सदरमुकाम बेनीबजार देखि बेनी–जोमसोम सडक अन्तर्गत पर्ने गलेश्वर, झुरुङ तातोपानी, घांसाका होटल भरिभराउ भएका छन् । Tourism

लेते, मार्फा, जोमसोम र मुक्तिनाथसम्मका करिब १ सय ५० साना तथा ठूला होटल दशमीको भोलिपल्टदेखि नै भरिभराउ भएका हुन् । बिदा मनाउन आउन विद्यार्थी, नीजि संघसँस्थाका कर्मचारी बढी छन् ।

यो रुटमा मोटरसाइकल र नीजि सवारीसाधनमा यात्रा गर्ने आन्तरिक पर्यटक धेरै देखिएका छन् ।

पोखरामा पनि आन्तरिक पर्यटकको होटल खचाखच भएका छन् । पर्यटकीय सिजन सुरु भएपनि दसैं विदामा घुम्न निस्कने आन्तरिक पर्यटकले नै होटलका कोठा भरिएको पोखरा क्षेत्र आन्तरिक पर्यटकको चहलपहल बढेको समाचार शनिबारको अन्नपुर्ण पोस्ट्मा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.