चन्द्रागिरि केबलकारको टिकट अब उपत्यका भित्रका आईएमई सेन्टरमा पनि

  २०७३ असोज २८ गते १४:३२     विकासन्युज

imeकाठमाडौं, २८ असोज । चन्द्रागिरि केबलकारको टिकट उपत्यका भित्रका २४ आईएमई सेन्टरबाट लिन सकिने व्यवस्था मिलाईएको छ । दशैंको विदामा चन्द्रागिरिमा बढ्दो चापसँगै टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आम सेवाग्राहीको सेवाका लागि यस्तो सेवा उपलब्ध गराईएको छ । आईएमई सेन्टरहरुले नेपाली नागरिकहरुलाई मात्र टिकट विक्री गर्न सक्नेछन । यसरी विक्री भएका टिकटको वैधता तीन महिनासम्म मात्र हुनेछ । उपत्यका भित्रका आईएमई सेन्टरको पूर्ण विवरण चन्द्रागिरि हिल्स लिमिटेडको आधिकारीक वेभसाईटमा उपलब्ध छ ।

नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५००० भन्दा बढी एजेन्ट/सब–एजेन्ट, १४७ आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.