प्रभु इन्स्योरेन्सले १७ प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि

  २०७३ असोज २१ गते ११:३५     विकासन्युज

prabhu_insuranceकाठमाडौं, २१ असोज । प्रभु इन्स्योरेन्स लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले कात्तिक १२ गते हुने २१ औं बार्षिक साधारण सभामा १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि बढाएको हो ।

गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले कमाएको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिन लागिएको हो ।
यसैबिच प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो पुँजी वृद्धि गरेर एक अर्ब पुर्याउने प्रस्ताव समेत सोही साधारण सभाबाट पारित गराउने भएको छ ।

पुँजी वृद्धिका लागि प्रभुले दुई कित्ता बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
हाल प्रभु इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ३२ करोड ९० लाख रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.