प्रदेश नं ४ र ५ मा फाइवर विस्तारका लागि टेण्डर अाह्वान, कसले भाग लिन पाउँछन

  २०७३ असोज २० गते २२:१३     विकासन्युज

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले प्रदेश नं ४ र पाँचमा अप्टिकल फाइवर विस्तार गर्नका लागि टेण्डरको आह्वान गरेको छ। प्राधिकरणले नुवाकोटको पाथिभन्ज्याङदेखि दैलेख जिल्लाको दुल्लुसम्मका लागि फाइवर विस्तार गर्नका लागि वोलपत्र मागेको हो।

प्राधिकरणले प्रदेश नं १, २ र ३ मा नेपाल टेलिकमलाई अप्टिकल फाइवर विस्तार गर्न सम्झौता गरेको दुई दिन वित्न नपाउँदै पश्चिम क्षत्रको प्रदेश नं चार र पाँचका लागि पनि अप्टिकल फाइवर विस्तारका लागि टेण्डर आह्वान गरेको हो। दुवै प्रदेशका २१ जिल्ला समेट्नेगरी  फाइवर विस्तार हुनेछ।
प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषमार्फत देशका पहाडी जिल्लामा अप्टिकल फाइबर पुर्याउने योजना अघि बढाएको हो। मध्य पहाडि लोकमार्ग भएर विस्तार हुने फाइवर प्रत्येक जिल्लाको सदरमुकाम हुँदै गाउँगाउँ पुग्नेछ।
प्राधिकरणले प्रदेश ४ मा नुवाकोट र गोरखाको सिमानादेखि दैलेख जिल्लासम्म नौसय ९३ किलोमिटरका लागि र प्रदेश ५ मा नवलपरासीदेखि बर्दियासम्मको एकहजार एकसय २४ किलोमिटरका लागि नयाँ टेन्डरको तयारी गरेको हो। प्राधिकरणले यो प्रोजेक्टका लागि हाल भ्वाइस सेवा दिइरहेका मोवाइल अपरेटर र दश वटा नेटवर्क अपरेटरहरुलाई पनि प्रतिस्पर्धामा ल्याउनेगरी नियम बनाएको प्रवक्ता मीनप्रसाद अर्यालले बताए।
उनले नेटवर्क अपरेटरहरु लगानी र सहवित्तियकरणका लागि संयुक्त रुपमा जान सक्नेगरी प्राधिकरण सञ्चालक समितिले नियम पारित गरेको बताए। यसमा बढीमा तीन वटासम्म सेवा प्रदायकहरु भाग लिन सक्नेछन्।
ग्रामिण दूरसञ्चार कोषमा भएको करिव १३ अर्ब रुपैयाँले अप्टिकल फाइबरसँगै गाउँगाउँका स्कुल,स्वास्थ चौकी र सार्वजनिक स्थानसम्म इन्टरनेटको पहुँच विस्तार गर्नुपर्ने प्रावधान छ। यसअधि १३ अर्ब रुपैयाँवाट प्रदेश नं १,२  र तीनका लागि टेलिकमले पाँच अर्ब रुपैयाँ पाइसकेको छ।
अप्टिकल फाइबरमार्फत् प्रत्येक जिल्लामा सहज इन्टरनेटको पहुँच पुर्याउन २०५१ सालदेखि दुरसञ्चार सेवा प्रदायकहरुले कोषमा रकम जम्मा गर्दै आएका छन्।
क कसले भाग लिन पाउँछन ?
प्रदेश ४ र ५ का लागि भ्वाइस सेवा दिइरहेका नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल, हेल्लो नेपाल र सिजी टेलिकमले भाग लिन पाउनेछन्। त्यस्तै नेटवर्क सर्भिस प्रोभाइडरवाट वर्डलिन्ङक कम्युनिकेसन, मर्कन्टाइन कम्युनिकेशन, हिमालयन अनलाईन सर्भिस, भायनेट कम्युनिकेसन, वेभसर्फर कम्युनिकेसन, सुविसु केवल नेट, ब्रोडलिन्क कम्युनिकेसन, रेडियस कम्युनिकेसन लगायत अप्टिकल फाइबरमा सहभागी हुन पाउने प्रवक्ता अर्यालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.