सांग्रीला होटलद्वारा दसैं भोज प्याकेज सार्वजनिक, अष्टमीदेखि चार दिन ग्राहकको रोजाई अनुसारको विशेष मेनु

  २०७३ असोज २० गते ७:४०     विकासन्युज

काठमाडौं २०, असोज । पाँचतारे होटल सांग्रीलाले दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको छ । होटलले आगामी आइतबारदेखि बुधबारसम्मको चार दिने प्याकेज सार्वजनिक गरको हो ।

होटलले चार दिन सम्म दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको होटलकी सहायक विक्री प्रवन्धक बविता पाण्डेले जानकारी दिएकी छन् । उनका अनुसार होटलले दसैंका अष्टमीदेखि एकादशीसम्मको लागि विशेष मेनु सार्वजनिक गरेको छ । sangrila-voj

यस्तो मेनुमा ग्राहकले रोजेर खाना तथा खाजा खान पाउने छन् । पाँचतारे होटलमा सर्वसाधारणको पनि सहज पहुँच पुग्ने गरी होटलले नयाँ मेनुसहितको प्याकेज ल्याएको छ ।

होटलका अनुसार सुरुवाती मेनुमा खसीको रक्ती, कलेजो, फोक्सो साधेको ६ सय रुपैयाँमा, चिउरा र समै वजी पाँच सय रुपैयाँमा, कालो भटमास साधेको चार सय पचास, आलुको अचार कालो तिल हालेको चार सय पचास, कुखुराको सेकुवा पाँच सय र खसीको छोयला ६ सय रुपैयाँमा सेवा दिने भएको छ ।

सुपमा च्याउनेको झोल तीन सय, खशीको खुट्टाको रस तीन सय ५० रहेको छ । मेन कोर्समा थाई भेज ११ सय र ननभेज १४ सय रुपैयाँ तोकिएको होटलले जानकारी दिएको छ ।

डेजर्टको पनि तीन सय र चार सय ५० को गरी दुई थरी सेवा रहेको छ । होटलका कार्यकारी सेफ महेश राज ढकालका अनुसार स्वादिलो र हाइजेनिक खाना एफोर्टवल प्राइमा सेवा दिएको छ ।

गत वर्ष पनि आउने यस्तो प्योकजमा यो वर्ष भने ग्राहकले छानेर र मन परेको मेनु रोज्न पाउने गरी हरेकमा शुल्कसहित सार्वजनिक गरेको हो । होटलले हरेक वर्ष दसैंका लागि दसैं भोज नामक मेनु सार्वजनिक गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.