ढकतराजु परीक्षण नहुँदा उपभोक्ता ठगिँदै, कम तौलने बनाउँदा पनि उपभोक्ता बेखवर

  २०७३ असोज २० गते ७:१२     विकासन्युज

काठमाडौं २०, असोज । तरकारी तथा फलफूल नापतौलका सामाग्री नियमित परीक्षण नहुँदा उपभोक्ता ठगिने गरेका छन् । व्यापारीका नापतौल मेसिन वर्षैंदेखि गुणस्तर मापन नहुँदा उपभोक्ता सजिलै ठगिएका हुन् ।dhak-taraju

काभ्रेजिल्लाको प्रमखु व्यापारिक केन्द्र बनेपा, पनौती, धुलिखेलका चोक, अरनिको र बीपी राजमार्गका आसपासमा करिब दुई सयभन्दा बढी व्यापारीबाट उपभोक्ता ठगिँदै आएका छन् ।

एक किलो फलफूल र तरकारी किन्दा एक सयदेखि दुई सय ग्रामसम्म तौल कम हुने गरेको उपभोक्ताको गुनासो छ । वर्षैदेखि खिईसकेको ढकतराजुले सामान जोख्दा तौल कम हुने भएपनि बाध्यतावश किन्नपरेको उपभोक्ताको भनाइ छ ।

कतिपय व्यापारीलाई ढकतराजु वार्षीक परीक्षण गर्नुपनर्छ भन्ने समेत थाहा छैन । अन्नपूर्ण पोष्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.