विट्साको बोर्ड अफ डिरेक्टरमा बिनोद ढकाल निर्वाचित, सूचना प्रबिधिको विकासमा सहयोग पुग्ने

  २०७३ असोज १८ गते १०:१४     विकासन्युज

can_witsaकाठमाडौं, १८ असोज । क्यान फेडरेशनका अध्यक्ष बिनोद ढकाल वल्र्ड इनफरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलायन्स(विट्सा)को बोर्ड अफ डिरेक्टरमा निर्वाचित भएका छन् । मेक्सीकोमा सम्पन्न विट्साको अधिवेशनमा नेपालका आइसीटी व्यवसायीको प्रतिनिधीत्व गर्दै ढकाल निर्वाचित भएका हुन् ।

विट्सामा नेपालले पहिलो पटक बोर्ड अफ डिरेक्टर चुनिने अवसर पाएको हो । विट्साको सहभागीताले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए ।

‘संसार भरका अब्बल आइसीटी व्यवसायीहरुको साझा संस्थामा नेपालले महत्वपूर्ण जिम्मेवारी पाएको छ, यसले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्छ’, क्यान अध्यक्ष ढकालले भने । विट्सामा ८२ देशका आइसीटी व्यवसायीको सहभागीता रहेको छ । २५ मुलुकका आइसीटी व्यवसायी सहभागी कार्यसमितिको अध्यक्ष भने ताइवानले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.