एक अर्ब लगानीमा अल्टिच्यूट हेलिकोप्टर कम्पनी, एउटा हेलिकोप्टर दसैंलाई नै उडाउने तयारी

  २०७३ असोज १७ गते ११:२२     विकासन्युज

काठमाडौं १७, असोज । नेपाली आकाशमा नयाँ हेलिकोप्टर कम्पनी थप भएको छ । एएस ३५० बी ३ ई नामको एक हेलिकोप्टरसहति अल्टिच्यूट एयर हेलिकोप्टरले यही दसैंदेखि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ ।

विभिन्न ६ जना पर्यटन व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको यो अल्टिच्युट एयर नामक हेलिकोप्टरले ६ सिट क्षमताको एउटा सानो हेलिकोप्टर भित्र्याइसकेको छ । दुई साता अगाडि काठमाडौं आएको यो हेलिकोप्टरले नेपालको हवाइ क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने चरणमा रहेको छ । heli-1

हेलिकोप्टर कम्पनीका प्रवन्ध निर्देशक निमानुरु शेर्पाका अनुसार आवश्यक सबै प्रकृया पूरा गरेकोले दसैंलाई उडान सुरु गर्ने भएको छ ।

चोयू टे«किङका प्रवन्ध निर्देशकसमेत रहेको शेर्पासँगे नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा टे«किङका व्यवसायी फूर्वा ग्याल्जेन शेर्पा, सोनाम शेर्पा, जीवन घिमिरे, राम सापककोटा र टी लामाको संयुक्त लगानी रहेको छ । सबै लगानीकर्ता पर्यटन व्यवसायी तथा टे«किङ क्षेत्रका अब्बल व्यवसायी हुन ।

यो हेलिकोप्टर उच्च हिमाली क्षेत्रमा पुगेर उद्धार गर्न सक्ने क्षमताको यो हेलिकोप्टर नेपालको भौगोलीक परिवेश अनुसार अनकुल भएको पनि निमानुरु शेर्पाले बताए ।

यो कम्पनीले एउटा एयरवस हेलिकोप्टरको नयाँ हेलिकोप्टर खरीद गरेर यो कम्पनीले सेवा सुरु गर्ने अन्तिम तयारी पनि गरिरहेको छ । नेपाली आकाशमा यो साताबाट नै व्यवसायीक उडान सुरु गरेको यो हेलिकोप्टर कम्पनीले गत साता एसएस ३५० बी थ्री ई नामक ६ सिट क्षमताको हेलिकोप्टर भित्र्याएको छ ।

करीब २५ करोड रुपैयाँ लगानी भएको यो हेलिकोप्टरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमतिपत्र (एओसी) लिनको लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
helicoptors-altitrute
पर्यटन व्यवसायी शेपाको अनुसार यो हेलिकोप्टर कम्पनीले आगामी चारवर्ष भित्रमा चारवटा हेलिकोप्टर पु¥याउँने भएको छ । कम्पनीले आगामी ६ महिना भित्रमै अर्को एक हेलिकोप्टर थप गर्ने जानकारी शेर्पाले दिए ।

चार वटा हेलिकोप्टरको मात्रै एक अर्ब लगानी गर्ने भएकोले चार वर्ष भित्रमा कम्पनीले एक अर्ब हेलिकोप्टर भित्र्याउने भएको छ । कम्पनीले अहिले नै हेलिकोप्टरका लागि २५ करो खर्च गरिसकेको जानकारी दिएको छ ।

यो कम्पनी नेपाली आकाशमा हेलिकोप्टर संचालन गर्न तयारी गरेको नेपालकै पछिल्लो वायुसेवा कम्पनी हो । यो कम्पनीले फिस्टेल, मनाङ, सिम्रिक, श्री, माउन्टेन हेलि, एयर डाइनेस्टि हेलिकोप्टर सरहकै जहाज संचालन गर्ने भएको छ । हाल नेपली आकासमा विभिन्न सात वटा हेलिकोप्टरले सेवा दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.