दश वर्षपछि उपत्यका बाहिर साझा बस, पहिलो पटक बाग्लुङ र गोरखा जिल्लामा

  २०७३ असोज १६ गते १७:१४     विकासन्युज

काठमाडौं, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आइतबारदेखि सेवा विस्तार गरेको छ ।

sajha-yatayatदश वर्षपछि पहिलो पटक आइतबारदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दशैंमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए।

लामो समयपछि आज पहिलो दिन काठमाडौंदेखि बाग्लुङ र काठमाडौं—गोरखाका लागि दुई दुई बस बिहान ८ बजेदेखि उपत्यकाबाट बाहिरिसकेका छन् । पाण्डेका अनुसार अब एक दई दिनमा साझा बस चढेर दसैँ मान्नका लागि वीरगन्ज जान पाउने छन् ।

विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ देखि पूर्ण रूपमा लामो दूरीमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए ।

काठमाडौं उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेका बस नै हुन् ।

सेवा विस्तार गरिएको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । उक्त बसमा एक पटकमा बसेर ५५ जनाले र केहीले उठेर पनि यात्रा गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.