मधेशका माग पुरा नगरे निर्वाचन सम्भव छैनः पम्फा भुसाल

  २०७३ असोज १६ गते १३:३०     विकासन्युज

pampha_bhusalभक्तपुर, १६ असोज । नेकपा माओबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संबिधान प्रति असन्तुष्ट जनाउँदै आएका मधेशी लगायतका समुदायहरुको माग पुरा नगरे निर्वाचन सम्भव नरहेको बताएकी छिन् ।

भक्तपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै भुसालले लामो समयदेखि जायज माग राख्दै संबिधान संशोधनको लागि आन्दोलन गर्दै आएका मधेशी लगायतका दलहरुको माग सम्बोधन नगरी निर्वाचन तोकिएको समयमा नहुने बताएकी हुन् ।

स्थानिय तहको पुर्नसंरचना बिगतकै जिबिसको इलाका र नगरपालिकलाई आधार मानेर कार्तिकसम्म तयारी सक्ने र कार्तिकमै स्थानियतहको निर्वाचन मिति घोषणाको तयारीमा तीन दलका शिर्ष नेता लागिरहेको उनले बताइन् ।

संबिधान संशोधनको प्रस्ताव दशैं र तिहारको बीचमा सरकारले संसदमा पेश गर्ने तयारी गरिरहेको र तत् पश्चात निकासको सम्भावना निक्लने भुसालले बताइन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको पच्चीस बुँदेका बिषयमा अनाहक हल्ला गरिएको र यो कुटनीति मर्यादामै रहेको भन्दै पञ्चशिलताका आधारमा भएको उनले स्पष्ट पारिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.