२०७३ असोज १६ गते ७:५६ विकासन्युज
काठमाडौं १६, असोज । भूकम्पले भत्किएका निजी घरहरुको निर्माणका लागि भदौ मसान्तभित्र दिने भनिएको अनुदान रकम काठमाडौं उपत्यकाको हकमा भने तिहार पछि पुग्ने भएको छ ।
फाइल तस्बिर
राष्ट्रिय पुर्निर्माण प्राधिकरणले विशेष अभियानअन्तर्गत काठमाडौं उपत्यकामा भदौ१५ भित्र लगत संकलन गरिसक्ने भने पनि सो काम बल्लतल्ल असोजको दोस्रो साता सकिएकाले आवास अनुदान पाउने कार्यमा मपहिनौं ढिलाइ भएको हो ।
राष्ट्रिय योजना आयोगबाट खटिएका जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयले शुक्रबार तंथ्याक संकलन कार्य पूरा गरेको छ ।
नगरपालिका र उपमहानगरपालिकाको हकमा यसअघिको तथ्याकंको पुनः परीक्षण र गाविसको हकमा पुनः गणना गरेर तथ्यांक संकलन कार्य सम्पन्न भएको ललितपुरमा तथ्यांक विभागबाट खटिएका राजेश त्रितालले जानकारी दिए ।
समाचार स्रोतः समाचारपत्र दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.