२०७३ असोज १५ गते ११:१८ विकासन्युज
काठमाडौं, १५ असोज । भुकम्प लगायत प्राकृतिक विपदबाट हुने धनजनको क्षतिन्युनीकरण गर्न पूर्व तयारी एवं जनचेतना अभिवृद्धि गर्नु पर्नेमा जोड दिइएको छ । नेपाल जापान कुटनैतिक सम्वन्ध स्थापना भएको ६० औं वर्षको अवसर पारेर नेपाल चेम्वर अफकमर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा नेपाल चेम्वर अफकमर्सका अध्यक्ष डा. राजेश काजीश्रेष्ठले विगतका विपदबाट पाठ सिकेर सोही अनुरुप तयारी गर्न नसके भविष्यमा अझ ठूला धनजनको क्षति हुन सक्ने बताए । भुकम्पिय दृष्टिले नेपाल अति सम्वेदनशिल क्षेत्रमा पर्ने हुनाले त्यही अनुरुप तयारी गरिनु पर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।
इमरजेन्सी शेल्टर एण्ड डिसास्टर प्रिभेन्सन् एजुकेशनल एड “नेपा”काप्रोफेशर निर्देशक मोरी काजुहिकोले नेपालमा प्राकृतिक दुर्घटनाबाट हुने जनधनको क्षति न्युन गर्ने उद्देश्यका साथ इमरजेन्सी शेल्टर एण्ड डिसास्टर प्रिभेन्सन् एजुकेशनल एड नेपाल गठन गरिएको जानकारी गराएका थिए ।
उनले नेपाल र जापान दुवै देश भुकम्पीय दृष्टीले जोखिममा रहेकोले जापानले गरेको तयारीबाट नेपालले धेरै सिक्न सक्ने पनि बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.