कैलाश विकास बैंक २४औँ वर्षमा प्रवेश

  २०७३ असोज १४ गते १७:०८     विकासन्युज

kailash_bikash_bankकाठमाडौं, १४ असोज । कैलाश विकास बैंक लिमिटेड २४ औं बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४औँ बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका तथा उपत्यका बाहिर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेकोछ ।

यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको न्यरोड बिशाल बजार शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरी रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको छ । सोही दिन काठमाडौंको न्यरोड शाखामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयोे । सो कार्यक्रमबाट ४८ पिन्ट रगत संकलन गरिएको थियो ।

सोही अवसरमा बिहिबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा– १७ सितापाइला स्थित पोखरा बिद्धाश्रमलाई एक कार्यक्रमका बिच सहयोग स्वरुप २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका संचालक गोपाल प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसै गरी बैंकले रबिभवन काठमाडौं स्थित आमाघर बृद्धाश्रममा रहेका ४० जना बृद्धाहरुलाई बिहानको खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो ।

यसै अवसरमा पोखरा १० रामघाट स्थित श्रमीक बाल बालीका तथा मजदुरका छोरा छोरीहरुलाई एक कार्यक्रमका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका सहायक महा प्रवन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम अन्तर्गत शनिबार पोखरामा आयोजित फिर्के–बुलौदी सरसफाई अभियानमा बैंकको सहभागिता सहित ऐक्यवद्धता जनाएर योगदन पुर्याउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.