खगेन्द्र नव जीवन विद्यालयलाई भिबोर सोसाइटीको सहयोग, खनालले गरे प्रतिभा जेहेन्दार छात्रवृति घोषणा

  २०७३ असोज १४ गते १०:३५     विकासन्युज

काठमाडौं, १४ असोज । भिबोर सोसाइटी डेभलपमेण्ट बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खगेन्द्र नव जीवन विशेष माध्यमिक विद्यालयलाई एक थान साउण्ड सिस्टम उपलब्ध गराएको छ । अपाङ्ग, बिपन्न तथा सामाजिक आर्थिक दृष्ठिले पीछडिएका बालबालिकाहरु पढ्दै आएको खगेन्द्र नव जीवन विशेष माध्यमिक विद्यालय जोरपाटीलाई बैंकले उक्त सहयोग गरेको हो ।

vibor_societyत्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले प्रतिभा स्मृतिकोषले प्रत्येक वर्ष यस विद्याललयमा अध्ययन गर्ने ‘प्रतिभा जेहेन्दार छात्रवृति’ पुस्रकार प्रदान गर्ने घोषण गरेको छन् । उनका स्वर्गिय छोरी प्रतिभाको सम्झनामा स्थापित उक्त पुरस्कार २५ हजार रुपैयाँको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.