नेपालमा विदेशी जहाज मर्मतको, जहाजलाई नेपालमै मर्मत गर्दै बुद्ध एयर

  २०७३ असोज १४ गते ८:२६     विकासन्युज

कामठााडौं १४, असोज । आन्तरिक उडानको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालमी विदेशी वायुसेवा कम्पनीका जहाजको मर्मत सुरु गरेको छ । यो वायुसेवाले आफूसँगै भएको प्रकृतिका जहाजको मर्मत सुरु गरेको हो ।

‘लामो समयदेखि आफ्नै मेन्टेनेन्स ह्याङ्गरमा जहाजम मर्मत गरीरहेकोले अब एटीआर र विचक्राफ्ट जहालमा विदेशीलाई पनि सेवा दिन थालिएको बुद्ध एयरका अपरेशन अपरेशन म्यानेजर सुवर्ण खरेलले बताए ।buddha---air

उनका अनुसार नेपाल मन्त्रालयबाट पनि औपचारिक रुपमा अनुमति लिएर विदेशी वायुसेवाका जहाजम मर्मत गर्न थालिएको छ । ‘हामीले केही वायुसेवालाई सेवा दिइसकेको छौं भने केही आउने तयारीमा पनि छन’, खरेलले भने ।

उनका अनुसार ढाकाबाट हेल्लो एयर र भारतबाट अलाइन्स एयरले मर्मत गर्ने नेपाल आउने चासो देखाएको छ भने यस अघि भुटानको ड्रुक एयरलाई मर्मत गरे पठाएको पनि खरेलले जानकारी दिए ।

उनका अनुसार बुद्धले लामो समयदेखि सुविधासम्पन्न आफ्नै ह्याङगर संचालन गरिरहेको छ । बुद्धले आफूसँग भएका दुबै प्रकारको जहाजको सामान्यदेखि जटिल प्रकृतिका सबै मर्मतको काम गर्न सक्ने भएकोले पनि सेवा थप प्रभावकारी बनाउने र नेपालमा नै रोजगारी बढाउनुका साथै विदेशी मुद्रा आर्जनका लागि विदेशी वायुसेवाका लागि पनि मर्मत गर्न थालिएको हो ।

यो वायुसेवाले गत सातामात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एटीआर र बीचक्राफ्ट नामक दुई प्रकारको जहाज मर्मतको अनुमति पाएको मन्त्रालयका अधिकृत मुकेश डंगोलले जानकारी दिए ।

नेपालमा नै जहाज मर्मतको अनुमति पाउने बुद्ध एयर दोस्रो कम्पनी हो । यस अघि सिरिज एयरक्राफ्ट रिपेयर एण्ड ओभरअल नामक कम्पनीले अनुमति पाइसकेको छ ।

यो कम्पनीले पूर्वाधार निर्माण गरेर काम सुरु गर्न थालेको पनि मन्त्रालको भनाइ छ । सिरिजले गत वर्ष २०७१ को जेठबाट चार वर्षका लागि यस्तो अनुमति पाएको छ । कम्पनीसँग आफ्नै जहाज नभएकोले स्थापित हुन भने कठीन संघर्ष नै गर्नुपर्ने मन्त्रालयको बुझाई छ ।

आन्तरिक वायुसेवा कम्पनी बुद्धले भने आफ्नै जहाज मर्मत गदै आएको अनुभवका आधारमा पनि विदेशी वायुसेवालाई सेवा दिन जहाजम मर्मत तथा मेन्टेनेन्स सुरु गरेको बुद्धले जानकारी दिएको छ ।

यो वायुसेवाले अन्तर्राष्ट्रिय विमानस्थल भित्रको एयर सइड एयरिया (हवाई उडानको क्षेत्र) भन्सारमुक्त हुनुपर्ने माग पनि गरेको छ । वायुयान र पाटपूर्जा आयतामा भन्सार छुट नहुँदा मर्मतमा समस्या परेको र नेपालमा महंगो पर्ने भएको तर्क पनि बुद्धको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.