सरकारद्धारा स्वदेशी इको प्यानलको प्रयोगमा जोड

  २०७३ असोज १३ गते १७:४२     विकासन्युज

भक्तपुर, १३ असोज । सरकारले स्वदेशी इको प्यानलको प्रयोगमा विशेष जोड दिने भएको छ । सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माले भूकम्पपछिको पुननिर्माणमा स्वदेशी इको प्यानललाई विशेष रुपमा प्रयोग गर्ने बताए । भक्तपुरको जगाती हनुमानचास्थित नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानल उत्पादन गर्ने इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको अवलोकन भ्रमणपछि सचिव शर्माले स्वदेशी निर्माण सामाग्रीका उत्पादनमा जोड दिएका हुन् ।

सचिव शर्माको मन्त्रालयका सहसचिव शिवहरि शर्मा, सहरी विकास विभाका महानिर्देशक रमेशप्रसाद सिंहलगायतका एक दर्जन भन्दा वढी सहरी विकास सम्वन्धित सहसचिव, उपसचिव, इन्जिनियर्सलगायतका अधिकारीले सामूहिक रुपमा कारखानको अवलोकन भ्रमण गरेका थिए ।

सो अवसरमा गोरखा इको प्यानलका कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले गोरखा इको प्यालनका विशेषताबारे प्रस्तुतीकरण गरेका थिए । इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई फायर प्रुफ, साउण्ड प्रुफ भएको जानकारी दिएका थिए । गोरखा इको प्यानल उच्च ताप प्रतिरोधात्मक क्षमतायुक्त हिमाल, तराई अनि पहाड सवैका लागि उपयुक्त भएको उनले जनाए । यसले बाहिरको तातोपन र चिसोपन भित्रबाहिर आउन नदिने उनले जनाए । यो चारघण्टाको फायर प्रुफ (आगो प्रतिरोधात्मक ) रहेको समेत उनले जनाए । यसले एक हजार डिग्री सेल्सियससम्मको आगोलाई चारघण्टासम्म थाम्न सक्ने उनको भनाई छ । यो साउण्ड इन्स्यिुलेशन (साउण्ड प्रुफ) समेत रहेको उनले जनाए ।

साथै यहाँंको उत्पादन वातावरणमैत्री रहेको उनले प्रष्ट्याए । साथै इको प्यानल भनेपछि अस्थायी निर्माणका लागि मात्रै प्रयोग हुने भन्ने गलत बुझाई रहेको तर यो त्यसो नभई आफूहरुको ७० वर्षको वारेन्टी रहेको उनले जनाए । कम्पनीका अधयक्ष विश्वराम कवांले टोलीको स्वागत गरेका थिए । गोरखा इको प्यानल नेपालमै उत्पादित एउटै मात्रै इको प्यानल हो । नेपालमा प्रयोग हुने अन्य प्रिफ्याब विदेशमा आयातित हुन् । वार्षिक ७० करोड प्रिफ्याब नेपालमा विदेशबाट आयातित हुने तथ्यांक कम्पनीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.