समावेशिताको नमूना प्रस्तुत गर्दै सिन्धुपाल्चोकमा नमुना युवा संसद

  २०७३ असोज १३ गते १३:३८     विकासन्युज

youth_mockसिन्धुपाल्चोक, १३ असोज । सिन्धुपाल्चोकमै पहिलोपटक नमुना युवा संसद् आयोजना गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा युवाहरुको भूमिका खोज्न आयोजना गरिएको नमुना युवा संदमा युवाहरूले संसदीय प्रक्रियामार्पmत् आफ्ना र जिल्लाका महत्वपूर्ण मुद्दाहरू उठान गरेका थिए ।

समावेशीताको उत्कृष्ठ नमुना प्रस्तुत गरिएको नमुना युवा संसदको आयोजना नेपाल युवा संस्था सञ्जाल(आयोन)ले राष्ट्रिय युवा परिषद्को जिल्ला युवा समितिसँगको सहकार्य र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा गरेको हो ।
व्यवस्थापिका–संसद्का चारजना माननीय सदस्यहरू स्थानीय शेर बहादुर तामाङ तथा अमृत बोहरा, राजीव विक्रम शाह र रुपा महर्जन दुई दिने अभिमुखीकरण तथा एकदिने नमुना युवा संसद्को दौरानमा आई युवालाई सबै तहका निर्णय प्रक्रियामा सहभागी भई संसद् र सरकारलाई जवाफदेही बनाउन आग्रह गरेका थिए ।

व्यवस्थापिका संसद् र संसदीय प्रक्रियाका सम्बन्धी दुई दिने तालिम कार्यक्रम सम्पन्न गरी उक्त नमूना युवा संसद्को अभ्यास सिन्धुपाल्चोकका युवाहरूले गरेका थिए । उक्त नमुना युवा संसद्मा युवाहरूले अनौपचारिक निर्वाचन प्रक्रियामार्पmत् निर्वाचित गरेका मन्त्रिमण्डलमा ५० प्रतिशत भन्दा बढी महिला मन्त्रीहरू, २५ प्रतिशत भन्दा बढी दलित मन्त्रीहरू रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.