हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने

  २०७३ असोज ६ गते १४:५६     विकासन्युज

काठमाडौं, ६ असोज । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्ने सम्वन्धमा वस्तुस्थितिको अध्ययन गरी १५ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ ।

समितिले उद्योग पुनः सञ्चालनका लागि उपयुक्त मोडालिटी, प्रक्रिया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य रहेका छन् ।

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार हालै मात्रै रुग्ण बनेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनको निर्णय गरेको सरकारले आफ्नो पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पनि पुनः सञ्चालनको तयारी थालेको हो । यो उद्योग २०५७ साल देखि बन्द छ । यस उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.