बिहीबार धरानमा एनसेल मेला हुँदै

  २०७३ असोज ५ गते १७:५८     विकासन्युज

काठमाडौं, ५ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आयोजना गरेको एनसेल मेला २०७३ धरान पुगेको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुशीयाली साट्न र चाडपर्वको शुभकामना आदान प्रदान गर्न एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा यो मेला आयोजना गर्न लागेको हो ।

Ncell_Mela_2073

नारायणगढ, पोखरा र बुटबलमा दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्दै मन जित्न सफल यो मेलाले धरानका दर्शकहरुलाई पनि उतिकै रोचक र गीत संगीतमय रमाईलो भेटघाटको अवसर प्रदान गर्ने विश्वास लिईएको छ । बिहान ११ बजे शुरु हुने यस मेलामा दर्शकहरुले चर्चित कलाकारहरुको प्रस्तुती लगायत विविध कार्यक्रम र गतिविधीहरुको मज्जा लिन सक्नेछन् । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलामा रहेनछन् ।

मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीहरु रहनेछन् । त्यसैगरी चर्चित सांगितीक समुह एक्स व्याण्डले आफ्नो उत्कृष्ट गीतहरु प्रस्तुत गर्ने छ भने डिजे रुपेश र कार्टुन्ज क्रुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्नेछ । साँझको समयमा युभि एन्जल्स् (विदेशी कलाकारहरु) ले आफ्ना विषेश प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

मेलामा सबै उमेर समुहका दर्शकहरुलाई ध्यानमा राखेर रोचक कार्यक्रम तथा स्टलहरु समावेश गरिएका छन् । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु रहनेछन् । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउनेछन् ।

विभिन्न मनोरञ्जनात्मक गतिविधीहरुका साथ साथै मेलाका दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर लिन सक्नेछन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्सपेरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको छ । त्यसैगरी एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनौठो अनुभव बटुल्न सक्नेछन् । लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएका छन् भने नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् ।

धरान पश्चात एनसेल मेला अब असोज ८ गते बिर्तामोडमा पुगेर आयोजना पश्चात समापन हुनेछ । “तीन शहरहरुमा भव्य आयोजना पश्चात पुर्वमा नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्नो ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न र खुसीयाली साट्न यो मेला आयोजना गरिदैछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण एनसेल मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.