स्लीपवेलको ‘माइ म्याट्रेस’ नेपाली बजारमा सार्वजनिक

  २०७३ असोज ४ गते ९:२४     विकासन्युज

काठमाडौं, ४ असोज । भारतको नम्बर १ म्याट्रेस कम्पनी स्लीपवेलले नेपालका लागि आफ्नो योजना सार्वजनिक गरेको छ । सन् १९७१ देखि पियु फोम ब्यबसायमा संलग्न ब्यबसायिक घराना शिला ग्रुप अन्र्तगतको स्लीपवेल भारतमा सबैभन्दा बढी बिक्री हुने म्याट्रेस ब्राण्ड हो ।

sleepwell_logo_with_mat

भारत तथा अष्ट्रेलियामा मुख्य कारोबार रहेपनि बाषिर्क ३० करोड अमेरिकी डलरभन्दा बढी कारोबार र १५०० भन्दा बढी कामदार कर्मचारी रहेको कम्पनी भारतको मात्र नभई पियु फोम ब्यापारमा दक्षिण पुर्वि एशियाकै ठुला ५ कम्पनिहरु मध्ये एक भएको कम्पनीले जनाएको छ ।

कम्पनीका भाईस प्रेसिडेन्ट बसन्त सिंघलले स्लीपवेल एक परिपक्व ब्राण्ड भईसकेकाले उपभोक्ताका आकांक्षाहरुलाई निकै जिम्वारीका साथ कम्पनीले लिने गरेको बताए ।

उपभोक्ताहरुको प्राथमिकता अनुसार कम्पनीले हालै अत्याधुुनिक प्रबिधिमा उत्पादित माई म्याट्रेस सिरिज बजारमा ल्याएको छ । यस सिरिजका उत्पादनहरु उपभोक्ताको चाहना र बजेट अनुसारको कडापन, रंग, र मुल्यमा उपलब्ध छ । माई म्याट्रेस सिरिज प्रबिधि र आरामदियताको एक समिश्रण हो, जसले स्लीपवेलको माई म्याट्रेसलाई अन्य ब्राण्डभन्दा उच्चस्थानमा उभ्याएको छ ।

राजधानिको लाजिम्पाट स्थित होटर्ल याडिसनमा भएको कार्यक्रममा स्लीपवेलका तोकिएका म्याट्रेसको खरिदमा एउटा तकिया सित्तैमा पाईने उपभोक्ता उपहार कार्यक्रम समेत कम्पनीका भाईस प्रेसिडेन्ट बसन्त सिंघलले सार्वजनिक गरे । यो उपहार कार्यक्रम यहि असोज २ गते देखि कार्तिक १७ गतेसम्म नेपालभरी लागु गरिएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.