एस डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने

  २०७३ असोज ४ गते ८:३६     विकासन्युज

ace_dev_bankकाठमाडौं, ४ असोज । एस डेभलपमेन्ट बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रति कित्ता सेयर ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.