राजधानीका विद्यालयमा श्रृंखलावद्ध बम बिस्फोट

  २०७३ असोज ४ गते ५:०४     विकासन्युज

bombकाठमाडौं, ४ असोज । राजधानीका विभिन्न विद्यालयहरुमा बम बिस्फोटन भएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिस्फोट भएको छ भने बौद्धकै राई स्कुल र इस्टपोल स्कुलमा बम फेला परेको छ । त्यस्तै, ललितपुरको रेडियन्ट स्कुलमा पनि बम फेला परेको छ ।

ती बमहरुलाई नेपाली सेनाको बम डिस्फोजल टोलीले निष्क्रिय बनाएको छ । त्यस्तै डल्लुको कञ्चनजंगा इन्टिग्रेटेड स्कूलमा पनि बम फेला परेको छ । विहान ६ः१५ बजे बम भएको सूचना स्थानीय प्रहरीले पाएको स्वयम्भु बृत्तका प्रहरी सहायक निरिक्षक केके श्रेष्ठले बताए ।

घटनस्थलमा दुई लिटरको नयाँ प्रेसर कुकरमा ब्याट्री बाहिरबाट जोडेर सेफ्टी भल्भमार्फत तार भित्र छिराएको अवस्थामा भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.