१८ अर्बको मोबाइल किन्छन् नेपाली, ३ बर्षमा बजार १८३ प्रतिशतले वृद्धि

  २०७३ असोज ३ गते १०:१९     नारायण पौडेल

काठमाडौं, ३ असोज । झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ तर गत बर्ष नेपालीले १८ अर्ब १९ करोड रुपैयाँको मोबाइल खरिद गरेका छन् । आर्थिक वर्ष २०७२/७३ मा नेपालले १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार ९ सय ७२ रुपैयाँ मुल्य बराबरका ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट आयात गरेको हो ।

mobile_money
यो संख्या तीन बर्ष अघि अर्थात आर्थिक वर्ष २०७०/७१ को भन्दा १८३ दशमलब ७३ प्रतिशतले बढि हो । सो आर्थिक वर्षमा जम्मा ९ अर्ब ९० करोड ५४ लाख ४ सय ५६ रुपैंयाँ मुल्यका ३१ लाख २२ हजार ४ सेट मोबाइल नेपाल भित्रिएका थिए ।  त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा १३ अर्ब ४ करोड ४० हजार २ रुपैंयाँ मुल्यका ३८ लाख ९१ हजार ६ सय २० वटा मोबाइल आयात गरिएका थिए ।

नेपाल दुर सञ्चार प्राधिकरणले दुई करोड ९४ लाख ८९ हजार ७ वटा मोबाइलका सिम सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । जबकी नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । सो तथ्यांकलाई हेर्ने हो भने नेपालको कुल जनसंख्या भन्दा पनि बढि सिम कार्ड बिक्रि भएको छ ।

४४ लाख चिनियाँ मोबाइल
यसरी नेपाल भित्रिएका मध्ये ४४ लाख ६२ हजार ३ सय ६२ वटा मोबाइल सेट चिनबाट आयात गरिएका छन् । यी मोबाइलको मुल्य १३ अर्ब ९२ करोड ४५ लाख रुपैंयाँ पर्छ । ४ लाख ३४ हजार ६ सय ४५ वटा मोबाइल सेट भियतनामबाट ल्याइएका छन् । ती मोबाइलको कुल मुल्य ३ अर्ब ९६ करोड रुपैंयाँ पर्छ । त्यस्तै, भारतबाट ८९ हजार ४ सय ३५ वटा मोबाइल सेट २६ करोड ६० लाख रुपैंयाँमा आयात गरिएका छन् ।

अमेरिकाबाट ३२० वटा मोबाइल ३७ लाख ४१ हजार रुपैंयाँमा आयात गरिएको छ । बेलायतबाट २१६ वटा मोबाइल ४१ लाख ४९ हजार रुपैंयाँमा नेपाल भित्रिएका छन् । नेपालले ४५ वटा मुलुकबाट मोबाइल आयात गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.