काठमाडौंमा आइपुगे साझाका नयाँ बसहरु

  २०७३ असोज ३ गते ७:२०     विकासन्युज

काठमाडौं, ३ असोज । साझा यातायातको नयाँ बसहरु आज काठमाडौंमा आइपुगेको छ । बस सोमबार काठमाडौँमा आइपुगे पनि दसैँअघि भने सञ्चालन नहुने भएको छ ।

sajha_new_bus

कामु निर्देशक पाण्डेका अनुसार बस आएपछि, प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापन लगायतको काम गर्नुपर्ने भएकाले दसैँअघि नै बस सञ्चालन गर्न नसक्ने बताएका हुन् ।

पछिल्लो समय साझा यातायातले २०७० बैशाखबाट उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको छ । अहिले ल्याउने लागिएको बससँगै काठमाडौँ उपत्यकामा साझाका ४६ वटा बस सञ्चालनमा रहनेछ ।

पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पुर्याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्पकमल दाहालले साझाको सेवा विविधीकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन समेत दिएका थिए ।

काठमाडौं उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा १० करोड रुपैयाँ लगानी गरेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.